adv

रामनवमी कपः एपिओले तुम्बेवासँग फाइनल खेल्ने

फाकफोकथुम । प्रथम रामनवमी कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा एपिओ रविले तुम्बेवा गाउँपालिका पाँचथरसँग फाइनल खेल खेल्ने पक्का गरेको छ । शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा मिक्लाजुङ खेलकुद समितिलाई पाखा लगाउँदै एपिओले फाइनल खेल्ने पक्का गरेको हो ।

पहिलो हाफको तेस्रो मिनेटमा मिक्लाजुङका कर्ण लिम्बुले गोल गर्दै अग्रता बनाएको थियो तर खेलको सातौ मिनेटमा एपिओको तर्फबाट सन्दिप लिम्बुले गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए ।

खेलको २५औं मिनेटमा मिक्लाजुङका खेलाडी बेगम गुरुङले डिबक्स नजिकै फाउल गरे पछि पाएको अवसरलाई एपिओका सन्दिप लिम्बुले सिधै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म २–१ को नतिजा रहेको थियो । दोस्रो हाफमा भने दुबै टिमबाट गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच एपिओका सन्दिप लिम्बु भए । उनले ट्रफि र पुरस्कार हात पारे ।

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनुपर्नेछ ।

व्यक्तिगत विधातर्फ भने म्यान अफ द म्याच सहित प्लेयर अफ द टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्स रहेको छ ।
चैत १९ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल २३ शनिबार फाकफोकथुम ५ नवमी बजार स्थित पोखरी खेल मैदानमा हुनेछ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु