शिवसताक्षी । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ शिवसताक्षी नगर अध्यक्षमा महेन्द्र भट्टराई सहित ९ सदस्यीय कार्यसमिति र्निविरोध निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा गणेश राई, सचिवमा गोविन ल्वागुन कोषाध्यक्षमा रिना दर्नाल रहेका छन् ।
यसैगरी सदस्यहरुमा होमकुमारी भट्टराई, प्रतिभा मिश्र, मंगलीमाया सुब्वा, भीमप्रसाद भारती, राम ढुङ्गाना निर्वाचित भएका छन् ।
शुक्रबार राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेमा आयोजित कार्यक्रममा महासंघका जिल्ला संयोजक बुद्धिमान कार्कीको अध्यक्षता र शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगा हाङ थोप्राको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य चन्द्र प्रसाद प्रसाई, शिवसताक्षी नगर शिक्षा शाखा प्रमुख छवि ढकाल, महासंघका प्रदेश सदस्य होम पाठक, महासंघ कन्काईनगर अध्यक्ष पुण्य ओझा लगायतको उपस्थिति रहेको थियो ।
झिलझिले मावि विव्यस अध्यक्ष पर्शुराम ढुंगानाको अनुसार सामुदायिक विधालय व्यवस्थापन महासंघले विधालयको शैक्षिक गुणस्तर रभौतिक निर्माण लगायतका गतिविधिहरुमा महत्वपूर्ण भूमिका खेल्ले भएकोले यसको गठन गर्न आवश्ययक रहेको छ ।
कार्यक्रमको सञ्चालन महेन्द्र भट्टराईले गरेका थिए ।


