फाकफोकथुम । खड्कुडे नुवामी झिल निर्माणका लागि जग्गा दान गर्ने जग्गादाताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार एक कार्यक्रमका बिच जग्गादाताहरुलाई कदर–पत्र प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि संघिय सांसद सुहाङ नेम्बाङले कदर पत्र प्रदान गरेका थिए ।
२०७५ सालबाट सुरु भएको झिल निर्माण योजनाको २०७६ सालमा ७ करोडको डिपिआर भएको इलाम फाकफोकथुम ५ का वडा सदस्य बुद्धसुनुवारले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष कल्पना राईले प्रकाश पारेको कार्यक्रममा पालिका अध्यक्ष दिपेन्द्र खनाल सहित संघ संस्थाको तर्फबाट जालपा माविका प्रअ लैन बहादुर बस्नेतले बोलेका थिए । जग्गा दाताहरुको तर्फबाट राम अवतार घिमिरेले बोलेका थिए ।
२० रोपनी जग्गा रहेको झिलको लागि अहिलेसम्म स्थानीय तहको लगानी रहेको छ भने केहि संस्थागत सहयोग समेत रहेको छ । केचना कंचनजङ्घा पर्यटन विकास समिति इलामबाट पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको निर्माण समतिले जानकारी दिए ।
निर्माणाधिन झिलको निर्माण सम्पन्न पश्चात यसै क्षेत्रमा रहेको सिंहदेवि मन्दिर, सुर्योदय हुने खराने डाँडा लागयतले समेत गति पाउनेमा स्थानीयहरु आशावादी छन् ।
स्थानीय पर्यटन विकाससँगै संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले रामनवमी महोत्सवको अवसरमा वडा ५ कार्यलयले महोत्सव परिसरमा कार्यक्रमको आयोजना गरेको थियो ।