गोविन ल्वागुन, शिवसताक्षी । झापाको शिवसताक्षी १ मा रहेको नाम्बिन अंग्रेजी बोर्डिङ स्कुलको १६औं वार्षिक उत्सव सम्पन्न भएको छ।
शिवसताक्षी नगरपालीकाको प्रमुख मेगाहाङ थोप्राको प्रमुख अतिथि तथा विधालय व्यवस्थापन समितिको अध्यक्ष मोहन सिनचिउरीको अध्यक्षतामा औपचारिक कार्यक्रम भएको थियो ।
विधालयसँग नयाँ शैक्षिक सत्रबाट पूर्ण रुपमा इस्ट होराइजन स्कुलको सहकार्य रहने बताइएको छ । इस्ट होराजनका स्कुलका संथापक प्रिन्सिपल सञ्जीब राईले नयाँ शैक्षिकशत्रबाट कक्षा ४ सम्म बुक फ्री गरेर जीवन उपयोगी शिक्षा प्रदान गर्न अभिभावकहरुसँग छलफल गरेर लागु गराउनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथि थोप्राले संस्थागत विधालयहरुमा सहयोग गर्न सरकारको नीति तथा ऐन ले नदिने भएकोले समस्या उत्पन्न भइरहेको बताए ।
कार्यक्रममा शिवसताक्षी ४ का वडाअध्यक्ष विष्णु प्रसाई, ३ का वडाअध्यक्ष भाष्कर न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विधालयका संस्थापक सदस्य जसु लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई शिक्षक पुष्प पौडेल विधार्थीहरुले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।