लुम्बिनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)काे १ नम्बर प्रदेश ईञ्चार्जमा राजेन्द्र राई (दुष्ट) निर्विरोध निर्वाचित भएका छन् ।
फोनिजको लुम्बिनीमा जारी ८अौ संघीय महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका हुन् ।
तर निर्वाचन समितिले अौपचारिक घोषणा गर्न भने बाँकि रहेको छ ।
यसअघि राई फोनिज प्रदेश नं. १ समितिको निवर्चमान उपाध्यक्ष हुन भने उनले उदयपुरमा रहेर गढिखबर दैनिक पत्रिका प्रकाशन गर्दै आएका छन् ।