adv

नेकपा एस झापाको पदाधिकारी बैठक गिरीबन्धु चिया बगानमा

गोविन ल्वागुन, विर्तामोड  नेकपा(एकीकृत समाजवादी) झापाले शनिबार गिरीबन्धु चिया बगानमै पदाधिकारी बैठक सम्पन्न गरेको विर्तामोडमा रहेको गिरीबन्धु चिया बगानको भूमि भष्ट्रचारका विषयमा सरकार सरोकारवालाको गम्भिर ध्यानाकर्षण गराउने उदेश्यले एकीकृत समाजवादी झापाले बैठकको आयोजना गरेको हो

एकीकृत समाजवादी झापाका अध्यक्ष बिपी भट्टराईले झापालाई बदनाम हुने राजनीतिक घटनाहरुको भत्सर्ना गर्दै पछिल्लो समय झापावासीको हैसियतले जिल्ला बाहिर परिचय दिनसमेत निकै सकस बन्नुपरेको बताए उनले गुण्डाराज भष्ट्रचार विरुद्ध भण्डाफोर गर्दै त्यस प्रकारका कार्यमा जोडिएका व्याक्तिलाई जनताबीच सार्वजनिक गर्ने एकीकृत समाजवादी जिल्ला कमिटी झापाको आगामी योजना रहेको समेत बताए

बैठकमा बोल्दै भट्टराईले गिरीबन्धु चिया बगानको जग्गा प्रकरण होस या भुटानी शरणार्थी प्रकारणले होस, झापालाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको अनुभव भोगाई रहेको बताए उनले एमालेकांग्रेससहितको सरकारले गिरीबन्धु चिया बगानको भूमि प्रकरण सम्बन्धि चासो नदेखाएकोले सांङकेतिक विरोध स्वरुप बैठकलाई गिरीबन्धु चिया बगानमा आयोजना गरेको जानकारी दिए

बैठकमा केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज निलमणी बरालले पछिल्लो समय मुलुक चरम भष्ट्रचारको दलदलमा भाषिएकोले राजनीति पार्टीहरु नेतृत्वप्रति जनता उदासिनता बनिरहेको बताए उनका अनुसार पार्टीको बैठक जिल्ला कार्यलयमा नगरेर गिरीबन्धु चिया बगानमै सम्पन्न गरेर राजनीति घटनाक्रममा नौलौ काम गरेको हो

त्यसैगरी निवर्तमान अध्यक्ष बेदराज रेग्मीले एकीकृत समाजवादी झापाले एमाले, कांग्रेस, माओवादी लगायतका दलहरुलाई दनक दिएको बताए उनले गिरीबन्धु चिया बगान जग्गा प्रकरण सम्बन्धि राजनीतिक सभा, समारोह मिडियाहरुमा ठूलाठूला तर्क गरेपनि दलहरुका नेतृत्वले व्यवहारिक हिसाबले काम गरेर देखाउन नसकेको चिन्ता व्यक्त गरे

बैठकमा पार्टी प्रदेश कमिटी सदस्य श्रीप्रसाद सिटौला, शुसिला तिवारी बराल लगायतको उपस्थिति थियो बैठकको सहजिकरण जिल्ला कमिटी सचिव सानु कुमार लामाले गरेका थिए बैठकमा उठेका विषयमाथि उपसचिवद्धय श्रीप्रसाद मिश्र उदय बराइले टिपोट गरेको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु