adv

माङसेबुङमा पाँच दिने आधारभूत उद्घोषण तालिम सुरु

माङसेबुङ इलामको माङसेबुङमा दिने आधारभूत उद्घोषण तालिम सुरु भएको पालिकास्तरीय महिला समन्वय समितिको आयोजनामा माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा जेठ २२ गते बिहीवारदेखि सुरु भएको तालिम २६ गते सोमवार सम्पन्न हुनेछ

माङसेबुङ वडा कार्यलयको सभाहलमा सञ्चालित महिला लक्षित कार्यक्रम अन्तर्गतको तालिमको उद्घाटन समारोह समितिका अध्यक्ष राम माया लिम्बूको अध्यक्षतामा भएको थियो कार्यक्रमका प्रमुख अतिथि कार्यपालिका सदस्य डिक माया ल्वागुनले यस्ता महिलाहरुको क्षमता अभिवृद्धि कार्यक्रमले महिलाहरुमा आत्मा विश्वास बढ्ने हुँदा महिलामुखी कार्यक्रमहरु अझै धेरै ल्याउनु पर्नेमा जोड दिए

कार्यक्रममा माङसेबुङ का सामाजिक परिचालिका कमला बुढाथोकी, गजुरमूखी स्वास्थ्य चौकीका अनमि निशा अधिकारी, सहजकर्ता देशराज नेम्बाङ, राजनैतिक दलहरुका तर्फबाट डबलसिंह योङहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रममा माङसेबुङ वडा महिला सदस्य सिर्जना मग्राती, वडा प्राविधिक दिपक चौधरी, गजुरमूखी प्रहरी चौकी इन्चार्ज घन श्यामयादव, सहजकर्ता सजन राई, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो

माङसेबुङ भित्रका प्रत्येक साबिक वडाहरुबाट जनाको सहभागिता रहेको तालिमको पहिलो दिन २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु