गोविन ल्वागुन, शिवसताक्षी । झापाको शिवसताक्षी ६ स्थित शिवगञ्जमा रहेको नवकिरण विद्या मन्दिरले ५३औं विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । सोही अवसरमा विधालयले र्याली सहित वातावरण सचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो ।
विद्यालय परिसरबाट सुरु भएको र्यालीले शिवगञ्ज बजारका मुख्य चौक तथा सडकहरु परिक्रमा गरी वातावरण संरक्षणको सन्देशमूलक जानकारी दिएका थिए ।
प्लाष्टिक प्रदुषण अन्त्य गरौ, प्लाष्टिक हैन प्रकृति रोजौ, पृथ्वी हाम्रो घर हो यसलाई सफा राखौ, हरियाली फैलाऔ, प्रदुषण हटाऔ, हाम्रो पृथ्वी हाम्रै भविष्य, लगायतका प्लेकार्डहरु सहित विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए ।
र्याली पश्चात विद्यालय परिसरभित्र करिब ५० भन्दा बढी विभिन्न जातका बोटविरुवा रोपिएको थियो । कक्षा ५ देखि १० सम्मका करिब २ सय भन्दा बढी विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए भने कक्षागत रुपमा विद्यार्थीहरुले बिभिन्न जातका बिरुवाहरु रोपेका थिए ।



