adv

माङसेबुङमा पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न

माङसेबुङ ।इलामको माङसेबुङमा सञ्चालन भएको ५ दिने आधारभूत उद्घोषण तालिम सम्पन्न भएको भएको छ ।

पालिकास्तरीय महिला समन्वय समितिको आयोजनामा र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा जेठ २२ गते बिहीवारदेखि सुरु भएको तालिम २६ गते सोमवार एक कार्यक्रमकाबीच समापन गरिएको थियो ।

माङसेबुङ १ वडा कार्यलयको सभाहलमा सञ्चालित महिला लक्षित कार्यक्रम अन्तर्गतको तालिमको समापन समारोह समितिका अध्यक्षराम माया लिम्बूको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदले महिला लक्षित कार्यक्रमहरुलाई आउँदो वर्ष पनि प्राथमिकतामा राखिने बताए । उनले महिलाहरुको क्षमता अभिवृद्धि कार्यक्रमहरुले निरन्तरता पाउने समेत बताए ।

कार्यक्रकमा माङसेबुङ १ भित्रका महिलाहरुको हकहितमा काम गर्ने कार्यपालिका सदस्य डिक माया ल्वागुन, जनता आविका प्रअ भूमिका खड्का, वडाका सामाजिक परिचारिका कमला बुढाथोकी, माहिला सदस्य सिर्जना मग्रान्तीलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । यसका साथै सहजकर्ताहरु देशराज नेम्बाङ र सजन राईलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

नेपाल रेडक्रस गजुरमूखि उपशाखा सभापति धन कुमार लिम्बू लगायत सम्मानित व्यक्तिहरुले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । प्रशिक्षार्थीहरुको तर्फबाट पविमाया मगर र भगी मुखियाले बोलेका थिए ।

समापन समारोहमा माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राई, वडा सचिव हिमाल खनाल, पत्रकार बालकृष्ण बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

माङसेबुङ १ भित्रका प्रत्येक साबिक वडाहरुबाट २ जनाको सहभागिता रहेको तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई प्रशिक्षार्थी सरिता तामाङले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य प्रशिक्षार्थी घना देवी आचार्यले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु