adv

माओवादी केन्द्रले प्रचण्डको उपस्थितिमा एकै दिन पाँच जातीय मोर्चाको सम्मलेन गर्दै

दमक नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विभिन्न पाँच वटा जातीय मोर्चाको राष्ट्रिय सम्मेलन गर्ने भएको पार्टी निकट मोर्चाहरुको उद्घाटन जेठ ३१ गते झापामा हुनेछ

झापाको कमल गाउँपालिकास्थित रिभर भ्यू पार्टी प्यालेसमा आयोजना हुने कोचिला राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा,  सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झाँगड उराव राष्ट्रिय मुक्ति मोर्चा मेचे राष्ट्रिय मुक्ति मोचाको सम्मेलन उद्घाटन गर्न पूर्व प्रधानमन्त्री दाहाल आउने भएका हुन्

मंगलबार झापाको दमकमा ती मोर्चाका अध्यक्षहरुसहित आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रदेश को नामाकरण कोशी राख्दा पार्टीका तर्फबाट गल्ती भएको माओवादी ठहर जातीय मोर्चाका फ्याक्सन इन्चार्ज एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल किरातीले तत्कालीन प्रदेश सभामा १२ जना पार्टीका प्रदेश सभा सदस्यहरुले गरेको हस्ताक्षर बारे आफूहरुले समीक्षा गरेको गल्ती भएको निष्कर्षसहित प्रदेश को पुनः नामाङ्कनमा पार्टी लागेको बताए गल्ती भएको निष्कर्ष निकालेका छौँ अब गल्ती सच्याउन सदन, सडकसहित विभिन्न मोर्चाबाट लड्छौँ’, किरातीले भने

माओवादी निकट जातीय मोर्चाहरुको संयुक्त भेलाले २०८० चैत २६ गते नै प्रदेश को नाम किरात लिम्बुवान कोचिला राख्ने निष्कर्ष निकालेको सन्थाल मोर्चाका अध्यक्ष एवम् संविधानसभा सदस्य मोहन टुडुले बताए

माओवादी निकट प्रेस सेन्टर झापाको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले समर, केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज रञ्जित तामाङ, बैकल्पिक केन्द्रीय सदस्य विरेन्द्र बस्नेत लगायत नेता सहभागी थिए

मोर्चाहरुका तर्फबाट कोचिला अध्यक्ष ममता राजवंशीले विज्ञप्ति वाचन गरेकी थिइन् भने धिमालका अध्यक्ष तारिकलाल धिमालले जातीय स्वायत्ततासहितको अधिकारका सवालमा जोड दिएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु