adv

साप्ताहिक कार्यक्रमको अवसरमा भानु माविद्वारा विधार्थीलाई पोशाक वितरण

शिवसताक्षी झापाको शिवसताक्षी नगरपालिका पाराबारी स्थित श्री भानु माध्यमिक विधालयले साप्ताहिक कार्यक्रमको अवसरमा विधार्थीहरुलाई पोशाक वितरण गरेको

जेठ ३० गते शुक्रबार विधालय व्यवस्थापन समितिको अध्यक्ष गणेश बहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा पतिष्ठानका प्राज्ञ सुमित्रा बाङ्देलचेलीको हातबाट पोशाक वितरण गरिएको थियो उनकै पहलमा हालमा युकेमा रहेका आर्थिक सहयोगदाता सुरेन दिम्माली राईबाट २० हजार उपलब्ध भएको थियो उक्त रकमबाट बालविकासदेखि कक्षा सम्मका १९जना बालबालिकाहरुलाई पोशाक वितरण गरिएको थियो जसअन्तर्गत विधार्थीहरुको लागि आवश्यक पोशाकहरु सर्ट, पाइन्ट, फ्रक, जुत्ता, मोजा रहेको थियो

कार्यक्रममा वडा का वडाध्यक्ष भास्कर न्यौपानेले स्थानीय तहबाट शिक्षा क्षेत्रमा विविध योजना सञ्चालन गर्नु पर्नेमा जोड दिए उनले भानु माविप्रति सदैव दाताहरु लागिपरिरहेकोमा खुशी व्यक्त गरे

विधालयका अध्यक्ष गणेशबहादुर राईले भानुमाविका भौतिक संरचना शैक्षिक श्रीबृद्धिका निम्ति संस्थागत पहल निरन्तर भइरहेको बताए उनका अनुसार सामुदायिक विधालयप्रति आममानिसको धारणा सकारात्मक हुँदा यस विधालयले कहिले पाठ्यपुस्तक त कहिले पोशाक वितरण साथै विधार्थी लक्षित विभिन्न कार्यक्रमहरु गर्न सकिरहेको उनले सहयोगी दाताहरुलाई धन्यवाद दिदै शैक्षिक क्षेत्रमा आमूल परिवर्तन सम्भव भएको जसमा एक पक्षले नभई भानु  माविले जस्तो सबै पक्ष सकारात्मक रुपमा सकृय भई अघि बढ्न आवश्यक भएको धारणा राखेका थिए

विव्यस, पिटिए, जनप्रतिनिधि, शिक्षक, विधार्थी, अभिभावक लागयतको उपस्थिति रहेको कार्यक्रममा विधालय व्यवस्थापन समितिको तर्फबाट सदस्य प्रेम खनालले शुभकामना मन्तव्य दिएका थिए

यसैगरी विधालयले साप्ताहिक कार्यक्रममा कविता प्रतियोगिता आयोजना गरी ११ जना सहभागीमध्ये दुईजनालाई सान्त्वना सहित प्रथम, द्धितीय, तृतीयलाई विजेता पुरस्कार तथा सहभागी सबैलाई सहभागिता पुरस्कार प्रदान गरेको थियो सम्पूर्ण पुरस्कारको प्रायोजन प्रमुख अतिथि सुमित्रा बाङदेलले गरेका थिए

कार्यक्रममा शिक्षकद्वय कमल नेपाल राधा बोगटी लुइटेलले कविता वाचन गरेका थिए । सरु भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सञ्चालन शिक्षक खुबबहादुर राईसञ्जयले गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु