विजेता टिम इनरूवा नगरपालिका ।
मेचीनगर । मेचीनगरमा जारी अन्तर नगरपालिका स्तरीय यू-१६ छात्र क्रिकेट प्रतियोगिताको उपाधि इनरूवा नगरपालिकाले जितेका छ ।
आज काँकरभिट्टा खेलमैदानमा सम्पन्न फ़ाइनल खेलमा मेचीनगर नगरपालिकालाई २४ रनले हराउँदै इनरूवाले उपाधि जितेको हो ।
नगर खेलकुद विकास समिति मेचीनगरको आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसंगै इनरूवाले ८० हज़ार नगद,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मेचीनगरले ४० हजार नगद,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता टिम मेचीनगर नगरपालिका ।
प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गरेका इनरूवाका रवि मण्डल म्यान अफ द म्याच र म्यान अफ द सिरिज घोषित भए । त्यस्तै मेचीनगरका अलिश मण्डल वेष्ट ब्याट्सम्यान घोषितभए भने मेचीनगरकै दिभ्यान्स बास्तोला वेष्ट बलर घोषित भए । उनीहरू सबैले जनही २ हजार पाँच सय नगद र म्यान अफ द म्याचले एक हज़ार नगद र ट्रफी प्राप्त गरे ।
म्यान अफ द म्याच र म्यान अफ द सिरिज रवि मण्डल ।
प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अथिति मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेती,क्रिकेट संघ प्रदेशका सचिव टीकाराम पुरी, क्रिकेट संघ झापाका अध्यक्ष प्रविण थापा लगायतले मेडल,ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए ।
असार ५ गतेदेखी सुरू भएको खेलमा झापा,मोरङ,सुनसरी र इलामका ६ वटा पालिकाहरूको सहभागिता रहेको नगर खेलकुद विकास समितिका सदस्य तथा प्रतियोगिताका संयोजक लाक्पा लामाले जानकारी दिए ।
नेपाली महिला क्रिकेट टिमका खेलाडी सबनम राई ।
यसैबीच कार्यक्रममा नेपाली महिला क्रिकेट टिमका खेलाडीहरू सबनम राई,रोमा थापा र रिया शर्मालाई विशेष सम्मान गरिएको थियो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष हृदयलाल राजवंशीको अध्यक्षकतामा सम्पन्न प्रतियोगितामा क्रिकेट संघ प्रदेशका सचिव टीकाराम पुरी, क्रिकेट संघ झापाका अध्यक्ष प्रविण थापा,भद्रपुर नगरपालिका वडा न : ८ का वडाअध्यक्ष मनोज सुब्बा,भद्रपुर क्रिकेट क्लबका उपाध्यक्ष नितेश भर्मा, रास्ट्रिय खेलकूद परिषदका प्रशिक्षक कृष्ण बस्नेत , नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टूर (नाटा )का प्रदेश उपाध्यक्ष सजित तामांग , नेकपा एकीकृत समाजबादी मेचीनगर अध्यक्ष हरि तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।
नगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका लिम्बू फियाकले गरेकी थिइन् ।