adv

नारी सञ्चार गृहको अध्यक्षमा आचार्य सर्वसम्मत

विर्तामोड । झापाली पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चार गृहको अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत चयन भएकी छन् ।

बिर्तामोडमा आज भएको पांचौ अधिवेशनले आचार्यको नेतृत्वमा कार्य समिति चयन गरेको हो । उनी यसअघि गृहको सहसचिव रहिसकेकी थिइन् । हाल उनी कोषाध्यक्ष थिइन् ।

त्यस्तै, संस्थाको उपाध्यक्षमा ज्योत्सा श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत चयन भएका छन् ।

संस्थाको कार्यसमिति सदस्यहरुमा विनिशा शर्मा गौतम, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्द्रा भट्टराई, रमा दाहाल, सिर्जना परियार, किरण हुमागाईं र रञ्जीता खड्का चयन भएका छन् ।

संस्थाको संस्थापक अध्यक्ष सावित्रा दाहाल हुन् भने त्यसपछि दाहाल, अम्बिका भण्डारी, भीमा शिवाकोटी अध्यक्ष बनेका थिए । हालकी अध्यक्ष रेजिना गौतम थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु