adv

झापामा सञ्चारकर्मीहरु प्रेस सेन्टर नेपाल प्रवेश

दमक झापामा सञ्चारकर्मीहरु प्रेस सेन्टर नेपाल प्रवेश गरेका छन्

प्रेस सेन्टर नेपाल झापाको आयोजनामा शनिबार दमकमा आयोजित कार्यक्रममा चन्द्रमान राईको नेतृत्वमा विभिन्न जना सञ्चारकर्मीहरु प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन्

मानुसी मिडिया प्रालिद्वारा सञ्चालित नेपाल एक्सप्रेस मिडियाका राईको नेतृत्वमा गणेश भट्टराई, आयुस्मा परियार, उमेश खत्री, फ्रिपेश श्रेष्ठ किस्मिका पोख्रेल प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन्

उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशि प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमौसमले स्वागत गर्दै पत्रकारिताको माध्यमबाट सामाजिक रूपान्तरणका लागि भूमिका निर्वाह गर्न अनुरोध गरे उनले मुलुकको विभिन्न परिवर्तनमा पत्रकारहरुको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै सुशासन समाजवादका लागि प्रेस सेन्टरको तर्फबाट अग्रणी भूमिका निर्वाह गर्नअनुरोध गरे

सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राईले प्रेस सेन्टर नेपालको नीति, सिद्धान्त उद्देश्यबारे प्रस्ट्याएका थिए उनले पत्रकारहरूको हकहित   व्यावसायिकता अभिवृद्धिका लागि प्रेस सेन्टर नेपालले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे

कार्यक्रममा नवप्रवेशी राईले आफ्नो मन्तव्य राख्दै पत्रकारिता क्षेत्रमा इमानदारी, सत्यतथ्य जनपक्षीय विषयलाई प्राथमिकता दिँदैअघि बढ्ने प्रतिबद्धता जनाए उनले भने, ‘हामी प्रेस सेन्टर नेपालमा आबद्ध हुँदा अझै जिम्मेवार भएर पेशागत मर्यादा कायम राख्नेछौं सामाजिक रूपान्तरणका लागि निरन्तर कलम चलाइरहनेछौं

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, पूर्व केन्द्रीय सचिव विमल लामिछाने, प्रदेश सचिव डिकेश लामालगायतको उपस्थिति थियो

प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्पलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उपाध्यक्ष होमप्रकाश अधिकारीले गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु