adv

लिम्बू याक्थुङ भाषा शिक्षकहरूको पेशागत विकास कार्यशालाको समापन

दमक । झापाको दमकमा सञ्चालितदिने बिद्यालय शिक्षामा आदिवासी याक्थुङ भाषा ,शिक्षक पेशागत विकास कार्यशालाकोसमापन भएको किरात याक्थुङ चुम्लुङ सङघीय कार्यसमितिको आयोजनामा र अमेरिका स्थित कोलम्बिया बिश्वबिद्यालयको सहकार्य रहेको कार्यशाला आइतबार समापन भएको हो ।

कार्यशालामा झापा मोरङका २० जना याक्थुङ भाषाका शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यशालालाईप्राज्ञ,भाषाविद तथा त्रिविका प्राध्यापक अमुर तुम्याङ,बिज्ञ तथा कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा.प्रेमफ्याक बिज्ञ तथा काठमाडौ बिश्वबिद्यालयका एमफिलका सोधार्थी पूर्ण कुमारी लिङदेनले सहजीकरण गरेका थिए ।

कार्यशालामा शिक्षण विधि प्रक्रियालाई रचनात्मक, प्रभावकारी, समय सन्दर्भिक लिम्बु भाषाका साथै बहुभाषिकशिक्षणलाई सरल, गुणस्तरीय, प्रभावकारी, जाति भूगोल, मुन्धुम सामाजिक सन्दर्भसँग जोडेर पाठ्यपुस्तक पाठ्यसामग्रीनिर्माण गरी प्राकृतिक सांस्कृतिक कुराहरूलाई जगेर्ना गर्न सरल सहज किसिमल शिक्षण सिकाइ गर्न साथै लक्षित उपलिब्धहासिल गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण भएको थियो

कार्यशालाको समापन कार्यक्रममा समारोहमा बोल्दै प्रमुख अतिथि शिबसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले आफ्नो नगरका विभिन्न बिद्यालयहरुमा मातृभाषा पठनपाठन लागि बिगतदेखी सुरू गरिसकेको र भविष्यमा पनि निरन्तरता दिने बताए । साथै मौलिक कला,संस्कृति र भाषाका लागि साथ दिन आफु सधैं तयार रहेको पनि बताए ।

कार्यक्रमका विशेष अतिथि दमक नगरपालिकाका प्रमुख राम थापाले आफ्नो पहिचान भनेको नै आफ्नो भाषा,लिपि,सभ्यता,संस्कृति र परम्परा हो । र यसलाई सम्मान गर्न र बचाइ राख्नका लागि आग्रह गर्दै त्यसका लागि आफु संधै साथमा रहने बताए ।

तिन दिने

कार्यशालाका सहजकर्ता कोलम्बिया बिश्व बिद्यालय अमेरिकाका प्राध्यापक डा.प्रेम फ्याकले नेपालको प्रत्येक भाषाहरू देश बनाउने ज्ञानको श्रोतहरू र सम्पतिहरू हुन् साथै मातृभाषामा शिक्षा पाउने हरेक नागरिकको अधिकार भएकाले गुणस्तरीय शिक्षाका लागि बहुभाषिक शिक्षा लागु गर्दै मातृभाषामा शिक्षा पाउने संरचना बनाउनुपर्ने बताए  ।

किरात याक्थुङ चुम्लुङ सङघीय कार्यसमितिका कोषाध्यक्ष तथा कार्यशालाका सहजकर्ता प्राध्यापक अमुर तुम्याङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सङघीय कार्यसमितिका सदस्य इक्सा सम्बाहाम्फेले गरेकि थिइन् भने सञ्चालन किरातयाक्थुङ चुम्लुङ लिम्बूवान प्रदेशका सचिव साङसेन पन्धाकले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु