adv

जालपा माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, जेहेन्दार विद्यार्थी पुरस्कृत

असार १९,फाकफोकथुम ।इलामको फाकफोकथुम गाऊँपालिका लुम्देस्थित जालपा माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाको समग्र विकासमा अभिभावकको सक्रिय सहभागिता र सचेतना आवश्यक हुने उद्देश्यले आयोजना गरिएको कार्यक्रम स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो।

अभिभावक शिक्षा कार्यक्रमलाई कोलम्बिया विश्वविद्यालय, अमेरिकाका प्राध्यापक डा. प्रेम फ्याकले सहजीकरण गरेका थिए । उनले बालमैत्री शिक्षण वातावरण निर्माण, अभिभावक,शिक्षक समन्वय र बालबालिकाको मनोवैज्ञानिक आवश्यकताका विषयमा प्रशिक्षण दिएका थिए । बालबालिका शिक्षामा सफल बन्न स्कूल मात्र होइन, घरको वातावरण, हेरचाह र संवादको शैली पनि निर्णायक हुने धारणा फ्याकले व्यक्त गरेका थिए ।उनले बालमैत्री वातावरण निर्माणमा अभिभावकको सहयोग अनिवार्य भएको बताउँदै अभिभावकहरूलाई विद्यालयसँग नियमित समन्वय गरी बालबालिकाको सिकाइ सुधार गर्न सुझाव दिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लैन बहादुर बस्नेतले  अभिभावक र विद्यालयबीचको सहकार्य अझ सुदृढ बनाउन विद्यालय सधैं तयार भएको बताए । स्थानीय अभिभावकहरूलाई विद्यालयको गतिविधिमा प्रत्यक्ष संलग्न गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।

कार्यक्रमका विशेष अतिथि फाकफोकथुम गाऊँपालिका वडा न : ५ का वडाध्यक्ष सुदिप आलेले शिक्षा किताबी ज्ञानमा  मात्र सीमित नभई बालबालिकाको समग्र व्यक्तित्व विकाससँग प्रत्यक्ष सम्बन्धित रहेको बताए । यस कार्यमा विद्यालय, समाज र विशेषगरी अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै बालबालिकाको भविष्य निर्माण गर्न घरमै सिकाइको वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा अभिभावकहरूको तर्फबाट तेज बहादुर फ्याक,सुन्दर फ्याक र हरि बहादुर निरौलाले आफ्ना भनाईहरू राखेका थिए । उनीहरूले बालबालिकाको अनुशासन, नियमित उपस्थिति र गृहकार्यमा अभिभावकको चासो र संलग्नता अत्यन्त आवश्यक रहेको र यस्ता कार्यक्रमले आफूहरूमा थप चेतना थपिएको महसुस भएको प्रतिक्रिया दिएका थिए ।

सहभागीहरूले यस्ता कार्यक्रमले बालबालिकाको सिकाइ सुधारका लागि आफूहरूमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको प्रतिक्रिया जनाए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधिहरू ,अभिभावक ,शिक्षक तथा विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।

यसैबीच कार्यक्रममा बिभिन्न जेहेन्दार विद्यार्थीहरूलाई विद्यालयमा स्थापना गरिएको कोषहरूबाट पुरस्कार वितरण गरिएको थियो । गतवर्ष एसइईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरू मनिषा बुढाथोकी ,साधना चौहान र यो वर्षको एसइईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरू विवेक खवास र उपासना लिम्बूलाई टेकबिर-बुधमाया अक्षयकोषबाट पुरस्कृत गरिएको थियो ।

त्यस्तै गजनसिंह पुरहाङमा अक्षयकोषबाट शुभम निरौला,गोपालसिंह चौहान अक्षयकोषबाट एलन लिम्बू र डिग बहादुर चौहान अक्षयकोषबाट निर्जला खपांगीलाई पुरस्कृत गरिएको थियो ।

अभिभावक संघका अध्यक्ष सम्झना लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षक गोपाल लिम्बूले गरेका थिए भने सञ्चालन शिक्षक दिपक घिमिरेले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु