adv

जनकल्याण माविमा ‘विद्यार्थीसँग प्राध्यापक’ कार्यक्रम सम्पन्न

१९ असार,फाकफोकथुम । इलामको  फाकफोकथुम गाउँपालिका वडा नं : मा अवस्थित श्री जनकल्याण  माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग प्राध्यापक’ अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

करियर काउन्सिलिङको रुपमा आयोजित उक्त कार्यक्रम बिहिवार सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख वक्ताको रूपमा अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयका प्राध्यापक डा. प्रेम फ्याक रहेका थिए ।

विद्यार्थीहरूसँग गहन संवाद गर्दै उनले प्रेरणादायी विचारहरू राखेका थिए । उनले विद्यार्थीलाई आफ्नो लक्ष्यमा अडिग रहन, समयको सही उपयोग गर्न, आत्मविश्वासका साथ बोल्न, सिक्न र नडराई अघि बढ्न सुझाव दिए। शिक्षा नै जीवनको आधार हो भन्ने मान्यता अनुसार अघि बढ्न सुझाव दिंदै फ्याकले पाठ्यक्रमको पुस्तक मात्रै नभएर बाहिरी पुस्तक अध्ययन गर्नुपर्ने साथै समाजलाई बुझ्नु पर्ने कुरामा जोड दिएका थिए ।

ग्रामीण बाल मनोविज्ञानमा आधारित रहेर डा. फ्याकले आफ्ना कुराहरु राखेकाले विद्यार्थीहरू थप प्रेरित भएको र कार्यक्रम प्रभावकारी साथै फलदायी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनकुमार लिम्बुले बता

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको  उपस्थिति रहेको थियो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु