देशराज नेम्बाङ, विर्तामोड । एन प्याब्सन झापाको कार्यालय उद्घाटन तथा ईसिडी शिक्षक तालिम सम्पन्न भएको छ । शनिवबार विर्तामोड स्थित मिडल पोइन्ट इलिमेन्ट्री स्कुलको सभाहलमा कार्यालयको उद्घाटन र शिक्षक तालिम कार्यक्रम भएको हो ।
एन प्याब्सन झापाका संयोजक धर्म माझीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा एन प्याब्सनका पुर्व केन्द्रिय अध्यक्ष एवसंगठन विभाग प्रमुख पाण्डव हमालको प्रमुख आतिथ्यता, केन्द्रिय महासचिव प्रताप थापा र केन्द्रीय सदस्य एवम इसिडी शिक्षक तालिमका सहजकर्ताद्व्यको विशिष्ट आतिथ्यतामा भएको थियो भने विशेष अतिथी केन्द्रीय सदस्य नारायण ढकाल तथा अतिथिहरुमा एन प्याब्सन प्रदेश १ का सहसचिव कमल खनाल, सदस्य दिपक न्यौपाने, मोरङ जिल्ला उपाध्यक्ष पर्वत राई, सचिव भनिरुद्र चौधरी रहेका थिए ।
यसैगरी मिडल पोइन्ट इलिमेन्ट्री स्कुलको परिसरमा अवस्थित कार्यालय उद्घाटनको औपचारिक कार्यक्रम पश्चात संचालन भएको एकदिने इसिडी शिक्षक तालिममा झापाका ३० वटा स्कुलका १२५ जना शिकक्षहरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण एन प्याब्सनका केन्द्रीय सदस्य निता श्रेष्ठले गरेकी थिइन । सोही अवसरमा किन्डरबेल स्कुलका संस्थापक भिम बहादुर बोहोराले अटिजम भएका नानिहरुको हेरचाह र पढाइ गर्ने शैली सम्बन्धि परामर्श दिएका थिए ।
कार्यक्रममा बोल्दै अतिथिहरुले नेशनल प्याब्सन अभिभावक, विद्यार्थी र निजि शैक्षिक संस्थाहरुको हक अधिकारका लागि निरन्तरलागि पर्ने आशय व्यक्त गरेका थिए ।
कार्यक्रम एन प्याब्सन झापाका संचार विभाग प्रमुख देशराज नेम्बाङले संचालन गरेका थिए ।



