adv

पाँचौ मेचीनगर गोल्डकप : २४ लाख ६१ हजार बढी नाफा

काँकरभिट्टा ।  पाँचौ मेचीनगर गोल्डकपको २४ लाख बढी नाफा भएको आज काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगरले पत्रकार सम्मेलन गरी गोल्डकपमा नाफा भएको जानकारी गराएको हो

गएको फागुन २४ गतेदेखि चैत २ गतेसम्म काँकरभिट्टा खेलमैदानमा सञ्चालन भएको पाँचौ मेचीनगर गोल्डकप २०८१ मा आयोजकले २४ लाख ६१ हजार  ४ सय १४ रुपैयाँ नाफा गरेको

प्रतियोगिताको आय व्याय सार्वजनिक गर्न सोमवार काँकरभिट्टाको होटल रियाजमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको आर्थिक समिति संयोजक बिमल आचार्यले कुल १ करोड लाख  हजार २०१ रुपैयाँ आम्दानी तथा ९० लाख ६७ हजार ७८६ सय रुपैयाँ विभिन्न शीर्षकमा खर्च भई कुल २४ लाख ६१ हजार ४१५ रुपैयाँ नाफा गरेको प्रतिवेदन सार्वजानिक गरेका थिए

गोल्डकपले यस वर्षदेखी संस्थापक सदस्य बन्न पनि आव्हान गरेको थियो । जम्मा तीन सय २७ जना गोल्डकपको संस्थापक सदस्य बनेका छन् । जसबाट जम्मा ३२ लाख ७० हजार जम्मा भएको छ ।  र अन्यबाट ७३ लाख ५८ हजार २०१ रूपैँया संकलन भएको छ ।

सम्पुर्ण सदस्यहरूलाई तथा दाताहरूलाई धन्यबाद दिंदै कोभिडका कारण चार वर्षसम्म हुन नसकेको गोल्डकप सम्पुर्ण खेलप्रेमी महानुभावहरूको साथ र सहयोगले सम्भव र सफल भएको आयोजक समितिका कोषाध्यक्ष गंगालाल गुरूङले बताए ।

पाँचौ प्रतियोगिता सम्पन्न गर्न दाता तथा सदस्य शुल्कबापतको कुल ६ लाख एक हजार रुपैयाँ समेत संकलन हुन बाँकी यो सार्वजनिक गरेको हिसाबमा समावेश गरेको रकम हो

पाँचौ मेचीनगर गोल्डकप आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षकतामा सम्पन्न कार्यक्रममा स्वागत आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले गरेका थिए ।

पाचौँ मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गरेर जितेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु