adv

माङसेबुङ गाउँपालिकाद्वारा माङसेबुङको विकासमा योगदान पुर्‍याउने उत्कृष्ट १४ जना सम्मानित

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले बुधबार  गाउँसभाको १७औं अधिवेशनको अवसरमा विभिन्न क्षेत्रका १४ जनालाई नगदसहित सम्मान गरेको छ ।

माङसेबुङको विकासमा योगदान पुर्‍याउने उत्कृष्ट कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, खेलाडी र विद्यार्थीहरुलाई नगद १५ हजार सहित पालिकाले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कर्मचारीतर्फ २ नं. वडा सचिव हेमसागर घिमिरे, सबइन्जिनियर चिरञ्जीवि घिमिरे, कृषि प्राविधिक निरुपा राई, सवारी चालक टेकबहादुर बस्नेत, गाउँपालिकाका कार्यालय सहयोगी डकबहादुर जोशी र १ नं. वडाका कार्यालय सहयोगी राजेन्द्र राई रहेका छन् ।

शिक्षकतर्फ इभाङ आधारभूत विद्यालयकी प्रधानाध्यापक पम्फा पुलामी, सरस्वती आधारभूत विद्यालयका शिक्षक आसिक सेर्मा र विद्यालय लेखा कर्मचारीतर्फ महेन्द्रोदय माविका तुलसीप्रसाद भट्टराई सम्मानित भएका छन् ।

 

त्यसैगरी स्वास्थ्यकर्मीतर्फ गजुरमुखी स्वास्थ्य चौकी इन्चार्ज ममता राई र आत्मानन्द स्वास्थ्य इकाइकी अनमी राधा राई सम्मानित भए ।

खेलाडीतर्फ सम्मानित हुनेमा गएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महिलातर्फ ३०० मिटर दौडमा कोशी प्रदेश प्रथम भएकी पुष्पा सेर्मा रहेका छन् ।

यससँगै एसइइ परीक्षा २०८१ मा माङसेबुङ गाउँपालिका प्रथम हुन सफल छात्रतर्फ चिसोपानी माध्यमिक विद्यालयका मौसम लिम्बू र छात्रातर्फ दुर्गा माविकी निशाम लिम्बू सम्मानित भएका छन् ।

उनीहरुलाई माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई सहित उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई, शिक्षाशाखा प्रमुख बुद्धि प्रसाद खतिवडा लगायतले दोसल्ला ओडाएर सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए ।

यसका साथै अधिकृत सातौं तहबाट आठौं तहमा बढुवा भएका शिक्षा अधिकृत बुद्धि प्रसाद खतिवडा र सहायक पाँचौ तहबाट अधिकृतछैठौं तहमा बढुवा भएका प्राविधिक सहायक युवराज खनाल, कम्प्युटर अपरेटर उमेश खत्री र कमल चौहानलाई बढुवाको पत्र प्रदानगरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु