दमक । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता २०८२ हुने भएको छ । साउन २ र ३ गते हुने दुई दिने प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुनेछ ।
ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने प्रतियोगिताको इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफिमा चित्त बुझाउनु पर्ने छ ।
यसका साथै व्यक्तिगत विधातर्फ म्यान अफ द म्याच, उत्कृष्ट गोल किपर, उत्कृष्ट खेलाडी र हाइ स्कोररको उपाधि रहेको छ ।
आयोजक समितिले प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै सहभागी टिमले खेल हुनु भन्दा एक घण्टा अगाडी उपस्थित हुनु पर्ने बताएको छ । प्रतियोगिताको पहिलो खेल २ गते बिहान ८:३० बजे रियल स्टार र बबाल एफसि बिच हुनेछ भने फाइनल खेल ३ गते दिउँसो २:३० बजे हुनेछ ।



