मेचीनगर । लिम्बू (याक्थुङ) समुदायको मौलिक सांस्कृतिक अभ्यासको रूपमा लिइने के:लाङ (च्याब्रुङ नाच) को संरक्षण तथाप्रवर्द्धन गर्ने उद्देश्यले झापाको मेचीनगर -६ मा बिहिवारदेखी १५ दिने के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण सुरु भएको छ।
किरात याक्थुङ चुम्लुङ मेचीनगर वडा न : ६ को आयोजनामा प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षणमा ४० जना युवाहरु सहभागी भएका छन् । प्रशिक्षणमा रोहित सुनुवार र बिक्रम साम्सोहाङ प्रशिक्षकका रूपमा संलग्न छन् ।

प्रशिक्षणको उद्घाटन किरात याक्थुङ चुम्लुङ मेचीनगरका पुर्व अध्यक्ष हर्क फ्याकले गरे । उनले लिम्बू समुदायको संस्कृति संरक्षण गर्न यस्ता प्रशिक्षण कार्यक्रमहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
किरात याक्थुङ चुम्लुङ मेचीनगर -६ का अध्यक्ष आशिष केरूङको अध्यक्षतामा भएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ मेचीनगरका निवर्तमान अध्यक्ष धनप्रसाद केरूङ, किरात याक्थुङ चुम्लुङ मेचीनगरका उपाध्यक्ष ओम प्रकाश खापुङ,सह-सचिव भुमिका फियाक लिम्बू,नेपाल आदिवासी जनजाति महासंघ झापाका उपाध्यक्ष केवलराम राई,सल्लाहकार अर्जुन सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

उपाध्यक्ष बिबेक साम्सोहाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह-सचिव चिरञ्जिवी लिम्बूले गरेका थिए ।

