adv

सहायक हवल्दार कुमार श्रेष्ठ सर्वोत्कृष्ट प्रहरी घोषित

गोविन ल्वागुन, इलाम जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत सहायक हवल्दार कुमार श्रेष्ठ सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्

जिल्ला प्रहरी कार्यालय इलामले सहायक हवल्दार श्रेष्ठलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो

विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालयले सर्वोत्कृष्ट घोषणा गरेको हो

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाका अनुसार सहायक हल्वदार श्रेष्ठले २०८२ असार महिनामा विभिन्न मितिमा जघन्य तथा गम्भीर कसुरमा संलग्न रही फरार रहेका ६० जना प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको थियो

त्यस्तै शंकर त्रिशक्ति प्रालीको पक्की पुल निर्माणका लागि प्रयोग हुने फलामको फर्मा करिब ४० लाख मूल्य बराबरको सामान मानिस सहित पक्राउ गर्न सफल भएकाले असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको जनाएका छन्  

सहायक हल्दार श्रेष्ठले इलाम नगरपालिका बालन गाउँ स्थित खुल्ला जग्गामा भण्डारण गरिएको सो ४० लाख मूल्य बराबरको फलाम चोरीमा संलग्न विशाल श्रेष्ठ, अभिषेक तामाङ, सनी शाह ,सचिन दाहाल सौगात मगरलाई प्रदेश ०१०१०१ ८४७५ नम्बरको बोलेरो पिकअप सहित पक्राउ गर्न हल्वदार श्रेष्ठ सफल भएका थिए  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु