adv

महेन्द्रोदय माविको अक्षयकोषमा पुर्व विद्यार्थी डा.प्रेम फ्याकको सहयोग

इलाम । इलामको माङसेबुङमा रहेको श्री महेन्द्रोदय माध्यमिक विद्यालयको अक्षयकोषमा भूतपूर्व विद्यार्थी डा. प्रेम फ्याकले एक लाख ५० हजार रूपैँया प्रदान गरेको छन् ।

उनले आफ्ना स्वर्गीय पिता टेकविर फ्याक लिम्बू र माता बुधमाया एक्तेन फ्याकको स्मृतिमा उक्त रकम प्रदान गरेका  हुन् ।

अक्षय कोषबाट प्राप्त हुने व्याजको रकमले वार्षिक रूपमा विद्यालयमा अध्ययन गरिरहेका गरिब तथा जेहनदारविद्यार्थीहरूलाई पुरस्कार वितरण गर्ने,शैक्षिक सामग्री वितरण गर्ने साथै विद्यार्थीहरूको शैक्षिक तथा खेलकुदको क्षेत्रमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक हरि बरालले बताए । डा. फ्याकप्रति आभार व्यक्त गर्दै  प्रअ बरालले उनको योगदानले भावी पुस्ताका विद्यार्थीहरूलाई प्रेरणा तथा हौसला मिल्ने विश्वास व्यक्त गरे ।

विद्यालयको शैक्षिक गतिविधिमा दीर्घकालीन सहयोग पुगोस् र विद्यार्थीहरूको शैक्षिक प्रगतिमा सहयोग होस् भन्ने उद्देश्यले सो रकम प्रदान गरेको डा. फ्याकको भनाई छ ।

कक्षा ६ देखी १० सम्म श्री महेन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययन् गरेका डा.फ्याक हाल अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।

माङसेबुङ-१ गजुरमुखीमा अवस्थित उक्त विद्यालयको अक्षयकोष २०७४ सालमा स्थापना भएको हो । हाल अक्षयकोषमा विभिन्न दाताहरूबाट संकलित तीन लाख ८० हजार रूपैँया बढी रकम रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु