adv

झापामा पहिलोपटक’ झापा महिला गोल्डकप हुने ‘

झापा । झापा जिल्लामा पहिलोपटक महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज दुधे रंगशालामा आयोजकझापा महिला गोल्डकपद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताबारे जानकारी गराएको हो

यही कात्तिक १५ देखि २२ गतेसम्म नवनिर्मित दुधे रंगशाला, शिवसताक्षीमा सञ्चालन हुने झापा महिला गोल्डकप नेपालकैअहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको हुनेछ ।

प्रतियोगितामा आयोजकको तर्फबाट एउटा टिमसहित नेपालका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिसक्लबको सहभागिता सुनिश्चित भइसकेको छ। यस्तै भारत भुटानबाट एकएक वटाटिम सहभागी हुनेछन् भने बाँकी दुई टिमनेपालका डिभिजन क्लबहरूबाट रहनेछन्। कुल टिमको सहभागिता रहनेछ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको संरक्षकमा नगरप्रमुख मेगाहाङथोप्रासहित शिवसताक्षीका जनप्रतिनिधिहरु रहेका छन्

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मस्ट भ्यालुएबल प्लेयर, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक उच्च गोलकर्ताले पुरस्कार पाउनेछन् प्रत्येक खेलको प्लेयर अफ म्याचलाई नगद ट्रफी प्रदान गरिनेछ

नगरप्रमुख मेघाहाङ थोप्राले रंगशालालाई फास्ट ट्रयाकमार्फत निर्माण सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए। रंगशालाले२८ हजार दर्शक अटाउने क्षमताको प्याराफिट निर्माण गरिरहेको , जसका लागि अघिल्लो चरणमा करोड १८ लाख रुपैयाँखर्च भइसकेको भने चालु आर्थिक वर्षमा करोड रुपैयाँ संघीय बजेट विनियोजन गरिएको छ।

महिला खेलाडी उत्पादन, ग्रासरुट फुटबल प्रशिक्षण, प्रशिक्षक निर्माण जस्ता विषयमा प्रतियोगिताले योगदान पुर्‍याउनेविश्वास आयोजकले लिएको छ। आयोजक समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताबाट कम्तिमा ५० लाखरुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ। उक्त आम्दानीलाई आगामी संस्करणमा उपयोग गरी प्रतियोगितालाई निरन्तरता दिनेयोजना रहेको अध्यक्ष थोप्राले बताए।

झापा महिला गोल्डकपलाई स्थानीय मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानका रूपमा अगाडिबढाउने लक्ष्य लिइएको छ। झापाली उद्योगी, व्यवसायी, सञ्चारकर्मी खेलप्रेमीहरूको सक्रिय सहकार्यमा आयोजना हुनलागेको यो प्रतियोगिता झापा जिल्लाको गौरवमय पहिचान बन्ने अपेक्षा आयोजकको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु