
मेचीनगर । नेपाल महिला संघको मेचीनगर-६ को आयोजनामा तीज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार काकरभिट्टा खानेपानीको सभाहलमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मेचीनगरका राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडीहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा पुर्व कप्तान रूबिना क्षेत्री, सबनम राई, संगिता राई, काजल श्रेष्ठ, रूविना क्षेत्री, रोमा थापा, अप्सरी बेगम र रिया शर्मा रहेका छन् । उनीहरूलाई नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरिएको हो ।

साथै उक्त कार्यक्रममा सञ्चारको क्षेत्रमा योगदान पुर्याए बापत सञ्चारकर्मी भुमिका फियाक लिम्बूलाई सम्मान गरिएको थियो । र संस्थालाई बिभिन्न माध्यबाट सहयोग गर्ने नेतृ बिट्टु गूरूङलाई पनि सम्मान गरिएको थियो ।
नेपाल महिला संघ मेचीनगर वडा न : ६ की अध्यक्ष शशी राई थापाको अध्यक्षकतामा सम्पन्न कार्यक्रममा नेपाली कॉंग्रेस प्रदेश १ का सदस्य बिमल आचार्य ,नेपाली कॉंग्रेस झापा जिल्ला उप-सभापति केशब राज पाण्डे ,नेपाली काँग्रेसका अग्रज नेताहरू प्रेम सम्बाहाम्फे,मणि उप्रेती,भरत सुब्बा ,जिल्ला सदस्यहरु हर्क फ्याक,बिना तामाङ ,क्षेत्रीय सभापति इन्द्र बुढाथोकी ,नेपाली कॉंग्रेस मेचीनगर सभापति सुदय पनेरु ,उप-सभापति योगेन थापा मगर ,धनकाजी खत्री ,नेपाल महिला संघकी केन्द्रीय सदस्य राधा कार्की ,नेपाल महिला संघ क्षेत्रीय सभापति रचना घिमिरे ,तरुण दल क्षेत्रीय सभापति – अर्जुन राई ,नगर सभापति मनोज थापा ,लोकतान्त्रिक आदिबासी जनजाति नगर सभापति कुमार तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई रहेकी थिइन् । नेपाल महिला संघकी सदस्य कमला सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका फियाक लिम्बूले गरेकी थिइन् ।

