adv

माङसेबुङमा प्रथम सुवास नेम्बाङ स्मृति कप २०८२ फुटबल प्रतियोगिता हुँदै

माङसेबुङ इलामको माङसेबुङ गाउँपालिकामा प्रथम सुवास नेम्बाङ स्मृति कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता २०८२ हुने भएको

राष्ट्रिय युवा संघ नेपाल माङसेबुङ समितिको आयोजनामा हुने प्रतियोगिता माङसेबुङ सिङफेरे स्थित जनता आविको खेलमैदानमा हुनेछ भदौ २४  देखि २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एक लाख २० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ६० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र पाउनेछन्

व्यक्तिगत विधातर्फ भने म्यान अफ म्याच सहित प्लेयर अफ टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउने छन्

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको प्रतियोगिताले समग्र माङसेबुङलाई फाइदा पुग्नु पर्ने तर्क राख्छन् युवा संघ माङसेबुङ अध्यक्ष राज कुमार साम्बा  साम्बा भन्छन-“लामो समय इलाम क्षेत्र नम्बर दुईको नेतृत्व सम्हालेका सुवास नेम्बाङ एक भद्र शालीन नेता थिए महेन्द्र रत्न क्याम्पस इलामको प्रथम स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष, सबैले मन पराएका एक कुशल राजनीतिज्ञ आज हामी माझ नरहे पनि उहाँको स्मृतिमा यो प्रतियोगिता गर्न लागेका छौ योप्रतियोगिताले स्थानीय स्तरमा टेवा पुग्नेमा हामी आशावादी छौ यसलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट साथ सहयोग गरिदिनहुन अनुरोध

प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजक समितिले जानकारी दिए समितिका अनुसार सहभागी टिमहरु धमाधम सम्पर्कमा आइरहेको । भदौ २० गते बिहान ११:०० बजे खेल तालिका सार्वजनिक गर्ने उद्देश्य राखेका समितिले १९ गते साँझसम्म इन्ट्रि गर्ने समय रहेको बताएका छन् । 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु