काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदभारग्रहण गरेसँगै तलबभत्ता, सुरक्षा लगायत सुविधा नलिने बताएका छन् ।
सोमबार पदभारग्रहणपछि बोल्दै उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए । त्यसैगरी उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन् । उनले मन्त्री भएपछिको पहिलो निर्णय नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने भनेका छन् ।


