adv

राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा पुन: लछुदास राई

दमक झापाको दमक नगरपालिका वडा नम्बर मा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनःलछुदास राई (एलडी ) निर्वाचित भएका छन् संस्थाको २६औं साधारणसभाबाट राईको अध्यक्षतामा नौं सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएका हुन्

आगामी चारवर्षे कार्यकालका लागि निर्वाचित समितिको उपाध्यक्षमा टंकप्रसाद दुलाल, सचिवमा दिपेनवाला राई, सहसचिवमा फूलसरी राना कोषाध्यक्षमा पारषमणि राई निर्वाचित भएका छन्
यसरी नै सदस्यहरुमा क्रमसः विष्णु सुब्बा, बासुदेव राई, राजेन्द्र लिम्बू यमुना भट्टराई निर्वाचित भए लेखा सुपरीवेक्षण समितिमा इन्द्रमान चाम्लिङको संयोजकत्वमा ज्ञानदिप राई मनप्रसाद चेम्जोङ गरेर तीन सदस्य रहेका छन्

नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी सदस्यहरुलाई निर्वाचन समितिका संयोजक पारष आचार्यले सपथग्रहण गराएका थिए

साधारणसभा नवनिर्वाचित अध्यक्ष राई सहित प्रमुख अतिथि संस्थाका पूर्व उपाध्यक्ष समेत रहेका ज्येष्ठ शेयर सदस्य लोकप्रसाद कन्दङवा, संस्थाका सल्लाहकार क्याप्टेन विवी राई लगायतले मन्तव्य राखेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु