adv

लाइफलाइनमा थप चार डायलाइसिस मेसिन, २९ जना नयाँ बिरामीले सेवा पाउने

दमक झापाको दमकमा रहेको लाइफलाइन अस्पतालले थप नयाँ डायलाइसिस मेसिनको एक कार्यक्रमका बीच शुभराम्भ गरेको

वि..२०७८ सालदेखि नै दमकमा मिर्गौला पीडितका लागि डायलाइसिस गर्दै आएको अस्पतालमा विगतमा वटा मेसिनबाट ५२जनाको डायलाइसिस गर्दै आइरहेको थियो

सरकारले मिर्गौलापीडितका लागि निःशुल्क उपलब्ध गराउँदै आएको डायलाइसिस सेवाबाट नै उनीहरूको डायलाइसिस गर्दै आएकोथियो तर थप चारवटा मेसिन जडान गरेपछि अब थप २९ जनाको डायलाइसिस गर्न सकिने लाइफलाइन अस्पताल सञ्चालक समितिसदस्य तथा लाइफलाइन कलेज व्यवस्थापन समितिका अध्यक्ष डाक्टर सूर्यनारायण शाहले जानकारी दिएका छन्

उनका अनुसार वटा मात्र मेसिन हुँदा एकजनालाई हप्तामा दुईपटक गरेर ५२ जनाको मात्र डायलाइसिस गर्न सकिन्थ्यो तर अबचारवटा थपिएपछि थप २९ गरी ८१ जनालाई उपचार गर्न सकिन्छ अझै पनि ११५ जना बिरामीले नाम टिपाएर पालोको पर्खाइमा छन् अझै पनि पालो पर्खनुपर्ने अवस्था नै तर केही सहज भएको

दमकमा यो अस्पताल मिर्गौलापीडितका लागि डायलाइसिस गर्ने एक मात्र स्वास्थ्य संस्था भएकोले दमकका बिरामीहरू डायलाइसिसकै लागि बिर्तामोड, विराटनगरजस्ता टाढाका अस्पताल जानुपर्ने बाध्यता रहेको यसकोन्यूनिकरणको लागि अझ व्यवस्थित गर्नु पर्ने तथा दमकका अन्य अस्पतालले पनि डायलाइसिस सेवा सुरु गर्नु पर्ने आवश्यकता रहेको छ ।

अस्पताल सञ्चालक समिति अध्यक्ष बालचन्द्र सुब्बाको अध्यक्षतामा आयोजिय कार्यक्रममा प्रमुख अतिथि दमक नगर प्रमुख राम थापाले लाइफलाइन अस्पताल निजी लगानीको भए पनि नगरबाट गर्नु पर्ने साथ सहयोग सदैव रहने बताए

कार्यक्रममा दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण शाह, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिखरकट्टेल, रोटरी क्लब अफ दमकका अध्यक्ष केशव अग्रवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु