माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सिरिजंगा स्पोर्टिङ क्लब मोरङ फाइनल प्रवेश गरेको छ । सिरिजंगाले साविक विजेता दुधे युथ क्लब झापामाथी २–१गोल अन्तरले जित निकाल्न सफल भयो ।
माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा शनिबार भएको पहिलो सेमिफाइनल खेलको १६औं मिनेटमा निमा लामाको गोलबाट दुधेले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफका १–० गोलले पछि परेको सिरिजंगा दोस्रो हाफमा खेलमा फर्केको थियो। खेलको ४३औं मिनेटमा सञ्जय धिमाल र ५२औं मिनेटमा सौरभ सुब्बाले गोल गर्दै सिरिजंगाको जित पक्का गरेका थिए ।
खेलको मेन अफ दी म्याच विजेता टिमका सौरभ सुब्बा घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङ र दमक भाङबारी स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुनेछ ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औंजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू नुमाङगेन्ना सेवा तथा चेसोक तङनाम महासमारोह २०८२ कोअवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोहको आयोजना र आत्मापवित्र खेलकुद समितिको संयोजनमा आत्मानन्द गोल्डकप सञ्चालन हुने छ । भने, युथ अफ माङसेबुङले सह–संयोजनको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७२ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दोलगायतका खेलहरु समेत संचालन हुनेछ ।




