adv

माङसेबुङमा लिम्बू भाषा सरकारी कामकाजको भाषा बन्दै

माङसेबुङ इलामको माङसेबुङमा लिम्बू भाषा सरकारी कामकाजको भाषा बन्ने भएको जेठ १२ गते मंगलबार एक कार्यक्रमकाबिच माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई पालिकाको कामकाजी भाषाका रूपमा कार्यान्वयन घोषणा गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिएका छन्

अध्यक्ष राईका अनुसार १२ गते प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रमसँगै पुस्तक विमोचन तथा सम्मान कार्यक्रमहरु समेत रहेको माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपि)लाई कामकाजी भाषाका रूपमा कार्यान्वयन गर्नका लागि एक जना भाषिक सहजकर्ता (सहायक पाँचौँ तह) नियुक्त गरिएको

प्रदेश सरकारले लिम्बू मैथिली भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेला माङसेबुङले लिम्बू भाषालाई आधिकारिक कामकाजीको भाषाका रूपमा प्रयोगमा ल्याउन लागेको हो

माङसेबुङलेभाषा, संस्कृति ललितकलाको संरक्षण विकास कार्यान्वयन निर्देशिका २०७५माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७४अनुसार भाषिक सहजकर्ता नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए

माङसेबुङ गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन (ओएनएम)मा नै समावेश गरी भाषिक सहजकर्ता नियुक्त गरिएको उनले जानकारी दिए भाषिक सहजकर्ताले नेपाली लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू ३३ दशमलव प्रतिशत राई समुदाय बसोबास गर्छन्

जातीय भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सिर १३ गतेदेखि नं वडा कार्यालयमा लिम्बू भाषालाई कामकाजी घोषणा गरी लागू गरिसकिएको त्यसै वडामा २०७६ मा एक जना भाषिक सहजकर्ता (सहायक चौथो तह) नियुक्त गरिएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु