निकै प्रतिभावन व्यक्ती हुन् कृष्ण राई । उहा लामो समय देखि अमेरिकाको युटा शहरमा बसोबास गर्दे आउनु भएको छ । अमेरिका मै बसेर पनि उहा चलचित्र , म्युजिक भिडियो तथा भिडियो ग्राफिमा निकै व्यस्त हुनुहुन्छ।
अहिले नेपाली गीत-संगीत राई बिना अधुरो-अपुरो जस्तै भएको छ । उहालाई संगीत क्षेत्रमा सबैले खोज्न थालेका छन । वहुप्रतिभाको धनी राई पनि पछील्लो समय नेपाली गीत-संगीतको क्षेत्रमा निकै सक्रीय भएर लागिरहनु भएको छ । अमेरिकामा मै बसेर निर्देशन सम्बन्धी अध्ययन गरिरहेका राइले बिगत ५ बर्ष देखी आर.जे.टि. नामक प्रोडक्सन कम्पनी स्थापना गरेर निरन्तर यस् क्षेत्रमा लागिरहनु भएको छ ।
नेपाली चर्चित गायक तथा गायिका मेलिना राई, राजेश पायल राई, शिब परियार, अन्जु पन्त लगायत अन्य नयाँ-पुराना धेरै गायक-गायिकाको एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा उहाले निर्देशन गरिसक्नु भएको छ । राइले दर्शक-स्रोताको अत्यन्तै माया पाउनुको साथै सर्जकको विश्वाश पनि जित्न सफल हुनु भएको छ ।
उनै राइले भर्खरै अमेरिकाको नेब्रास्कामा बसोबास गर्दै आउनुभएका गायक तुल साम्सुहाङ् राईको साकेला म्युजिक भिडियो सर्वजनिक गर्नुभएको छ । गायक डम्बर खागीतपुङ्को ‘दार्जिलिङ ज्यानको ‘ बोलको म्युजिक भिडियोको छायान्कन पनि भर्खरै सक्नु भएको र अहिले यसको पोस्ट प्रोडक्सनको अन्तिम तयारी रहेको राईले जानकारी दिनुभएको छ ।
अहिले नेपाली चलचित्रको क्षेत्रमा अन्य धेरै प्रतिभावन निर्देशकहरुको काम देखी प्रेरित भएको समेत उहा बताउनु हुन्छ । मेहेनतमा विश्वाश गर्नु हुने राई आफैले पनि दुईवटा म्युजिक भिडियोहरुमा अभिनय गरिसक्नुभएको छ।
त्यस्तै सौरव तिमल्सिनाको ‘पिरती त जिन्दागीमा ‘ बोलको गीत अम्बर तुम्बबाम्पो सुब्बा र टिका लामिछनेको आवाज र राईकै निर्देशनमा चाडै बजारमा आउदैछ ।