adv
adv

पूर्वमा माण्डवी त्रिपाठी

दमक, २९ गते: चर्चित  गायिका माण्डवी त्रिपाठी अहिले पूर्वमा व्यस्त छिन् । रेडियो कान्तीपुरको रोड सो “रेडियो वन विल्स” प्रोगामका लागि उनी पूर्वमा आएकी हुन् । रेडियो कान्तिपुर प्रोमोसनका लागि तयार पारिएको कार्यक्रमका लागि उनी आइतबार बेलुकी भद्रपुरमा अवतरण भएकी थिईन् । हिजो विर्तामोड र दमकमा कार्यक्रम गरेकी उनले आज इटहरी  र धरानमा कार्यक्रम हुने जानकारी गराइन् । २ हजार भन्दा वढी गीतमा स्वर दिई सकेकी उनले भर्खरै विपिन आचार्यको शब्द र संगीतमा “जव फुलमा” बोलको गीत आफ्नै युट्युव च्यानल (Mandabi tripathi) मार्फत सार्वजनिक गरिसकेको वताईन् ।

 

 

                       भिडियो हेर्नको लागि तलको लिंकमा click गर्नुहोस् :

२०५९ सालमा “नौ डाँडा पारी छ मेरो दिलको राजा” बोलको गीत रेडियो नेपालमा रेकर्ड गरी गायन क्षेत्रमा डेब्यु गरेकी उनले हाल लोक, पप, आधुनीक, चलचित्र, आइटम लगायत सबै प्रकारका गीत गाउँदै आएकी छिन् । तामाङ, मैथीली, गुरुङ, भोजपुरी, हिन्दी भाषाका गीतहरुमा समेत स्वर दिएकी उनलाई सबै प्रकारका गीत गाउन उत्तिकै मन पराउने बताऊछिन्, आफ्ना गीतहरु चर्चित र लोकप्रिय बने पनि पूर्ण रुपमा सन्तुष्ट नभएकी उनले नेपाली संगीत क्षेत्रमा अझै धेरै लोकप्रिय गीत गाउने सपना रहेकी वताईन् ।

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु