adv

बर्षकै प्रतिक्षित चलचित्र ‘जिरो’को ‘इद टिजर’ सार्वजनिक {भिडियो हेर्नुहोस् }

यो बर्षकै प्रतिक्षित बलिउड चलचित्र ‘जिरो’को ‘इद टिजर’ सार्वजनिक गरिएको छ । इदको अवसर पारेर चलचित्रको अर्को टिजर रिलिज गरिएको हो ।यो टिजरमा बलिउडका दुई चर्चित सुपरस्टार साहरुख खान र सलमान खान लाई देख्न सकिन्छ । तर, साहरुख खानलाई भने टिजरमा होचो व्यक्तिको भूमिकामा देखाईएको छ ।

आनन्द एल रायले निर्देशन गरेको यो चलचित्र डिसेम्बर २१ बाट रिलिज हुने निश्चित भएको छ । तर, यसको निर्माणपक्षले हरेक चाडमा एउटा टिजर सार्वजनिक गर्ने योजना बनाएको छ ।

यसकारण,  इदको अवसरमा शुभकामना आदनप्रदान गर्दै साहरुख र सलमानको झलक देखाइएको हो । चलचित्रमा अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा रहको छन् । चलचित्रको हाल अमेरिकामा छायांकन भैरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु