adv

मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले अर्जेन्टिनालाई डेब्यू खेलमै बराबरीमा रोके

शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छ न् ।
लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको हो ।

आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १-१ को बराबरीमा रोकेको थियो । विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ ।

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।

अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् ।

दोस्रो हाफमा सर्जिओ एग्युरोलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, मेस्सीले गोल गर्न चुकेका छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीको पेनाल्टीलाई हृयाण्ड्स हालडोसनले सहजै रोकिदिएका छन् ।

अर्जेन्टिनाले अब क्रोएसिया र नाइजेरियासँग खेल्नु पर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु