adv

फ्रान्सले पेरुलाई हराउँदै विश्वकपको अन्तिम १६ मा पुगेको छ

 

७ असार।। समूह सी अन्तर्गत बिहीबार राति भएको खेलमा फ्रान्सले पेरुलाई १–० ले हराएको हो । आज फ्रान्सले पेरुलाई हराए संगै फ्रान्सको ६ अंक भएको छ ।अन्तिम १६ मा पुग्ने फ्रान्स तेस्रो टोली हो । रुस र उरुग्वेले यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेका छन् । लगातार दुई हारपछि पेरु समूह चरणबाट बाहिरिएको छ ।फ्रान्सको जितमा केलियन अम्बाप्पेले ३४ औं मिनेटमा गोल गरे । पेरिस सेन्ट जर्मेनका सुपरस्टार अमबाप्पेले एक वर्षअघि फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । जारी विश्वकपमा उनी सबैभन्दा कान्छा खेलाडी हुन् ।

विश्वकपको समूह चरणबाट बाहिरिने पेरु चौथो राष्ट्र हो । मोरक्को, इजिप्ट र साउदी अरेबिया पनि समूह चरणबाट बाहिरिसकेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु