adv
adv

लक्ष्मण र बेनिशा फिचर्ड ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको भिडियो सार्वजनिक

गायक लक्ष्मण श्रीको आवाजमा रहेको ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको  भिडियो सार्वजनिक गरिएको छ । गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश गरिएको छ ।

श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत रहेको छ । यो गीतको भिडियोलाई आकर्षक बनाउन गायक श्रीले कुनै कसुर बाँकी राखेका छैनन् ।

भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय देख्न सकिन्छ । यसअघि श्रीका भिडियोमा नायिकाहरु करिश्मा मानन्धर, केकी अधिकारीले सम्म काम गरिसकेका छन् ।

श्रीले चलचित्र निर्माण गर्ने समेत तयारी गरेको बताएका छन् । यो भिडियोमा अर्जुन तिवारीको छायांकन, विकाश दाहालको सम्पादन रहेको छ भने निशान घिमिरेले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु