adv

३० वर्षपछि जित खोज्दै स्विडेन र पहिलो खेलमा आलोचित जर्मनी

विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा मेक्सिकोसँग पराजित भएपछि आलोचित बनेको जर्मनी शनिबार मध्यराति पौने १२ बजे स्वीडेनसँग खेल्दैछ ।

समूह चरणबाटै बाहिरिने जोखिम अन्त्य गर्न पनि जर्मनीलाई आज जित्नैपर्ने दबाब छ । खेल सोचीमा रहेको फिष्ट रंगशालामा नेपाली समय अनुसार मध्यराति पौने १२ बजेपछि शुरु हनेछ ।

फिफा वरीयताको शिर्ष स्थानमा रहेको साविक विजेता जर्मनीका स्ट्राइकर थोमस मुलरले मेक्सिकोसँग अविश्वसनीय हार ब्यहोर्नुपरे पनि बाँकी खेल जित्दै सजिलै प्रि–क्वार्टरफाइनल पुग्ने दाबी गरेका छन् ।

पहिलो खेलमा दक्षिण कोरियालाई हराएर तीन अंक बटुलेको स्विडेन आजको खेल जित्दै समूह चरणको नजिकै पुग्ने दाउमा हुनेछ ।

यद्यपी, दक्षिण कोरिया र मेक्सिकोबीच शनिबार पौने ९ बजेपछि शुरु हुने खेलले यो समूहको अघिल्लो चरणको समीकरणबारे थप चित्र आउनेछ ।

सन् १९५८ को उपविजेता स्वीडेन सन् १९९४ मा तेस्रो भएको थियो । यस्तै, सन् २००२ र २००६ को विश्वकपमा प्रिक्वार्टर फाइनल पुगेको थियो ।

मेक्सिकोसँगको पराजयपछि टिमका सदस्यबीच नै आरोप प्रत्यारोप चलेको खबर बाहिर आएपनि जर्मन स्ट्राइकर मुलरले त्यसको खण्डन गरेका छन् ।

‘हाम्रो आफ्नै कारणले गर्दा स्थिति बिग्रिएको हो, उनले भनेका छन्, हामीले यसको सूक्ष्म विश्लेषण गरिसकेका छौं, अब हामीले अर्को चरणमा प्रवेश पाउनका लागि खेल्नेछौं ।’

भिडियो एसिस्टेण्ट रेफ्रीले दिएको पेनाल्टीका कारण स्विडेनले दक्षिण कोरियामाथि जित निकालेको थियो ।

स्वीडेन टिमका लागि अर्को सुखद खबर भिक्टर लिन्डेलोफको पुनरागमन हो । पहिलो खेलमा अस्वस्थ भएका कारण उनी मैदानमा अनुपस्थित थिए ।

स्विडेनका खेलाडी इमिल फोर्सबर्गले जर्मन टिम विश्वकपको उपाधि रक्षा गर्ने तयारीका साथ आएको र मानसिक रुपमा पनि बलियो रहेको बताएका छन् ।

‘हामी एक सय १० प्रतिशत प्रदर्शन गर्नेछौं, उनले भनेका छन्, उनीहरुलाई सकेसम्म जित्न नभएपनि बराबरीमा रोक्न प्रयास गर्नेछौं ।’

हेड टू हेड
स्वीडेनले जर्मनीलाई सन् १९८८ पछि हराउन सकेको छैन । स्वीडेन र जर्मनी यसअघि ३६ पटक आमनेसामने भएका छन् । जसमा १५ खेल जर्मनीले जितेको छ भने १३ खेल स्विडेनले जितेको छ ।

आठ खेल बराबरीमा टुंगिएका छन् । यी दुई टिम पछिल्लोपटक सन् २०१३ मा भएको ब्राजिल विश्वकपको छनोट प्रतियिोगितामा खेलेका थिए, जसमा जर्मनीले ५–३ को जित निकालेको थियो ।

स्वीडेनलाई हराउने क्रममा आन्द्रे सर्लेले ह्याट्रिक गरेका थिए भने मेसुट ओजिल र मारियो गोट्जेले एक एक गोल गरेका थिए ।

ओजिल र सर्ले यो टिममा छन् भने गोट्जेले टिममा स्थान बनाउन सकेका छैनन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु