adv

‘रेस ३’ ले बक्सअफिसमा ७ दिनमा राख्यो ७ रेकर्ड

बलिउड सुपरस्टार सलमान खान अभिनीत, रेमो डीसूजाको निर्देशनमा बनेको फिल्म ‘रेस ३’ ले बक्सअफिसमा कमाईको रेकर्ड यतिबेला उच्च बनाइरहेको छ । ‘झुर’ समीक्षा चलिरहे पनि बिहीवारसम्मको कलेक्सन रिपोर्ट हेर्ने हो भने यो फिल्म चाँडै १५० क्लबमा ईन्ट्री हुने भएको छ ।

फिल्मले यस वर्ष कमाईको कयौं रेकर्ड बनाएको छ । अहिले जसरी फिल्मको कलेक्सन निस्किरहेको छ, यसले चाँडै २ सय करोड कमाउने फिल्मी पण्डितहरुले आँकलन गरेका छन् । ‘रेस ३’ ले प्रदर्शनको ६ दिनमा १३८ करोडको कमाई गरिसकेको छ ।
सलमानले फिल्मको कलेक्सनबाट खुसी हुँदै दर्शकलाई धन्यवाद दिएका छन् । एक ट्वीटमा उनले लेखेका छन्,-‘सिनेमाघर गएर ‘रेस ३’ हेर्ने दर्शकलाई धन्यवाद दिन चाहन्छु र यस कुराबाट म खुसी छु कि यसलाई तपाईहरुले मनपराइदिनुभयो र हरेक एक प्रयासलाई रुचाइदिनुभयो । भगवानले तपाईहरुमाथी कृपा गर्नुहोस् ।’

फिल्म ‘रेस ३’, ‘रेस’ सीरिजको तेस्रो फिल्म हो । यसमा एक्सन सिन धेरै रहेको छ । तर, अधिकांश समीक्षक र दर्शकको एक ठूलो वर्गले फिल्मको कथालाई लिएर आलोचना गरेका छन् । फिल्ममा सलमानका अलावा अनिल कपूर, बबी देओल, जैकलिन, डेजी शाह साकिब सलीम जस्ता कलाकारहरुको अभिनय रहेको छ । रमेश तौरानीले यसको निर्माण गरेका हुन् ।

अहिले सम्ममा फिल्मले यि ७ रेकर्ड बनाइसकेको छ :-

१. सबैभन्दा बढी स्क्रिन कब्जा

‘रेस ३’ पछिल्लो हप्ता ईदको एक दिन अगाडि रिलिज भएको हो । भारतीय मिडियाका अनुसार, फिल्मले ७२ परसेन्ट स्क्रिन कब्जा गरेको जनाएको छ । यो मामलामा सलमानको फिल्मले ‘बागी २’, ‘पद्मावत’, ‘वीरे दी वेडिंग’ र यस वर्ष रिलिज भएका अन्य फिल्मलाई समेत पछाडि पार्न सफल भएको छ ।

२. २०१८ को सबैभन्दा ठूलो ओपनर

सलमान खानको ‘रेस ३’ ले ‘बागी २’ (२५.१० करोड) र पद्मावत (२४ करोड) लाई पछाडि छाड्दै सबैभन्दा ठूलो ओपनरको रेकर्ड आफ्नो नाममा पारेको छ । पहिलो दिन फिल्मले २९.१७ करोडको कलेक्सन गरेको छ ।

३. एक दिनमा सबैभन्दा बढी कमाईको रेकर्ड

रिलिजको तेस्रो दिन फिल्मले बक्सअफिसमा ३९.१६ करोड कमाएको छ । यो भनेको यस वर्ष रिलिज भएका कुनै पनि हिन्दी फिल्मको एक दिनमा सबैभन्दा धेरै कलेक्सन रहेको छ ।

४. विकेन्डमा सबैभन्दा धेरै कमाई गर्ने दोस्रो फिल्म

‘रेस ३’ ले १०६.४७ करोडको कलेक्सन निकाल्दै विकेन्डमा कमाईको एक अर्को रेकर्ड आफ्नो नाममा पारेको छ । दीपिका पादुकोणको ‘पद्मावत’ पछि सलमानको यो फिल्मले विकेन्डमा सबैभन्दा बढी कमाई गरेको हो । ‘पद्मावत’ ले विकेन्डमा ११४ करोडको कलेक्सन गरेको थियो । तर, ‘पद्मावत’ को विकेन्ड पाँच दिनको थियो र यो फिल्म तमिल र तेलुगुमा पनि रिलिज भएको थियो । ‘रेस ३’ हिन्दीमा मात्र रिलिज भएको हो र यसको विकेन्ड तीन दिनको मात्र हो ।

५. यस वर्षको सबैभन्दा चाँडो सय करोड कमाउने फिल्म

‘पद्मावत’ र ‘बागी २’ लाई सय करोड कमाउन ७/८ दिन लागेको थियो । तर ‘रेस ३’ ले भने प्रदर्शनको मात्र ३ दिनमा नै सय करोड कमाउन सफल भएको छ ।

६. ईदमा सबैभन्दा बढी कमाउने फिल्म

सलमानलाई ईदको सुपरस्टार भन्ने गरिन्छ । किनकी ईदमा सलमानका कयौं फिल्मले निकै राम्रो विजनेश गरेका छन् । ‘रेस ३’ ले पनि ईदमा ३८.१४ करोड कमायो र सलमानको पछिल्लो फिल्म ‘सुल्तान’ (३६.५४ करोड) को रेकर्ड समेत तोडेको छ ।

७. सबैभन्दा छिटो सय करोड कमाउने सलमानको चौथो फिल्म

‘सुल्तान’, ‘बजरंगी भाईजान’ र ‘टाइगर जिन्दा हे’ पछि ‘रेस ३’ सलमानको चौथो फिल्म को रुपमा यस्तो फिल्म हो, जसले मात्र ३ दिनमा सय करोड कमाउन सफल भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु