विश्वकप यात्रा नै संकटमा पर्ने सम्भावना देखिए पछि यतिबेला अर्जेन्टिना टिम तनावमा परेको छ । यही बीचमा प्रशिक्षक जर्ज साम्पाओली बर्खास्तीमा पर्नसक्ने खबरहरु पनि आएका छन् ।
तर, शनिबार बसेको प्रशिक्षक र खेलाडीहरुको बैठकले नयाँ समाधान निकालेको छ, त्यो हो नाइजेरियाविरुद्ध खेल्ने टिमको टुंगो लिओनल मेस्सीसहितका खेलाडीहरु नै लगाउने ।
भोलि अर्जेन्टिनाले नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । त्यही समयमा क्रोएसियाले आइसल्याण्डसँग खेल्दैछ । नकआउट चरणमा पुग्न नाइजेरियालाई हराएर मात्र पुग्दैन, क्रोएसियाले पनि आइरल्याण्डलाई पराजित गर्नु पर्नेछ ।
आइसल्याण्ड जितेको अवस्थामा भने नाइजेरियालाई अर्जेन्टिनाले भारी गोलअन्तरले हराउनु पर्ने हुन्छ ।
अर्जेन्टिनाका १९८६ को विश्वकप विजेता रिकार्डो जस्टीले दाबी गरेका छन् कि उनले अर्जेन्टिना फुटबल एशोसिएसनका जोर्गे बरुचागासँग कुराकानी गरिसकेका छन् ।
अर्जेन्टिनालका खेलाडीहरु नाइजेरियाविरुद्धको खेलमा केन्द्रित रहेको भन्दै उनले भने, ‘खेलाडीहरुले नै टिम तय गर्छन्, सत्य यही हो । यदि सम्पाओली बेञ्चमा बस्न चाहन्छन् भने बस्छन् । यदि बसेनन् भने पनि केही फरक पर्दैन ।’
अर्जेन्टिनी टिमका सबैभन्दा सिनियर खेलाडी लिओनल मेस्सी र जाभियर मासेरानो हुन् ।