adv
adv

‘पैसामुखी भएको’ आरोप बारे अनमोलले मुख खोले

सुपरस्टार अनमोल केसी वर्षमा एक मात्र फिल्म लिएर दर्शकमाझ पुग्ने गर्दछन् । उनले गएको ५ वर्ष भित्रमा ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’ र ‘कृ’ फिल्ममा मात्र काम गरेका छ न् ।अनमोल डिमाण्ड उच्च भएपनि छानेर मात्र फिल्म खेल्ने अभिनेतामा पर्छन् । उनी नेपालका सर्वाधिक महँगा नायक पनि हुन् ।

अहिले अनमोल आफ्नो छैटौं प्रोजेक्ट ‘क्याप्टेन’ को छायांकनमा व्यस्त छन् । यस फिल्ममा उनले एक फुटबल खेलाडीको भूमिकादे निर्बाह गर्दैछन् । यसपछि उनले मिलन चाम्सले निर्देशन गर्ने ‘ब्याचलर बन्टी’ र झरना थापाको ‘ए मेरो हजुर ३’ को सुटिङ प्रारम्भ गर्ने भएको छ ।

केही समय अगाडि बाहिरिएको खबर अनुसार, उनले एक बलिउड फिल्म समेत साइन गरेका छन् । यस्तै, निर्माता सुवास गिरीले फिल्म ‘कृ’ को सिक्वेल बनाउँदैछन् । यसमा पनि अनमोलले अभिनय गर्ने लगभग पक्का भएको खबर प्राप्त भएको छ ।

लगातार फिल्ममा अनुबन्धित हुनुले उनीमाथी एउटा प्रश्नचिन्ह खडा भएको छ, वर्षमा एक मात्र फिल्म गर्ने अनमोल के अब पैसामुखी बनेका हुन् ? तर, शनिवार राजधानीमा ‘अनमोल इभ’ को विषयमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । त्यही अवसरमा अभिनेता केसीले यस विषयमा मुख खोलेका छ न् ।

केसी भन्छन्,- ‘म पैसाको पछाडि पर्ने भएको भए पहिला देखि नै भटाभट फिल्म गर्थेँ होला । नेपालमा राम्रो स्क्रिप्ट कहिले पाउँछ भन्ने नै थाहा हुँदैन । मैले एकैचोटी राम्रो स्क्रिप्टहरु पाएँ अनि गर्न लागेको हुँ ।’ उनले अझ थप्दै भने – ‘सबै फिल्म एकैपटक रिलिज हुने होइन । केही महिनाको अन्तरमा रिलिज हुन्छन् । यो मेरो करिअरको पाइपलाइन मात्र हो । कहिलेकाहिँ खोजिरहेको बेला राम्रो स्क्रिप्ट पाइदैन । एउटा राम्रो स्क्रिप्ट आएपछि छाड्नु हुँदैन भन्ने लागेर काम गर्न तयार भएको हुँ ।’

नेपाल बाहिर अडियन्स बनाउनका लागि बलिउड फिल्ममा आफू आबद्ध भएको स मे त उनले खुलाए । अनमोल अगाडि भन्छन्,- ‘नेपाल प्रमोट गर्न सक्छु कि भन्ने लागेर बलिउड फिल्म गर्न लागेको हुँ, उक्त फिल्म नेपाली भाषामा पनि डब भएर रिलिज हुनेछ ।’

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु