विश्वकप फुटबलमा इंग्ल्याण्डका हृयारी केनले हृयाट्रिक गर्न सफल भएका छन् ।
उनले आइतबार भएको खेलमा पानामाविरुद्ध हृयाटि्रक गरेका हुन्, जसमध्ये दुई गोल पेनाल्टीमा थियो । २२ औं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी गोल गरेका उनले मैदान छाड्नु अघि ६२ औं मिनेटमा हृयाट्रिक पूरा गरेका हुन् ।
रसिया विश्वकपमा यो दोस्रो हृयाटि्रक हो । पहिलो हृयाट्रिक पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले गरेका थिए । सन् १९८६ पछि विश्वकप फुटबलमा हृयाट्रिक गर्ने केन पहिलो इंग्लिस बनेका छ न् ।