adv

जर्मनीको स्विडेनविरुद्ध कठिन जित , नायक बने टोनी क्रुस

विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गर्न सफल भएको छ ।

जर्मनीको जीतको नायक टोमी क्रुस बने । अतिरिक्त समयको अन्तिम मिनेटमा टोमीले फ्रिकिकबाट गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने स्विडेनले लिएको थियो । ओला टोइभोनेनले ३२ औं मिनेटमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको जर्मनीले दोस्रो हाफमा बराबरी गोल गरेको थियो । मार्को रेउसले ४८ औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

८२ औं जोरेम बोटिङ दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि जर्मनीलाई संकट आइलाग्यो । १० खेलाडीमा सीमित भए पनि जर्मनीले सम्हालिएको प्रदर्शन गर्‍यो । गोल गर्ने केही अवसरहरु पनि सिर्जना गर्‍यो तर सदुपयोग गर्न सकेन ।

निर्धारित ९० मिनेटको समय सकिएपछि अतिरक्त समयको पाँच मिनेटमा टोनी क्रुसले डिबक्स भित्रबाट प्रहार गरेको बलले जाली चुम्यो र जर्मनीले २-१ को जित दिलायो ।

टोनी क्रुस विश्वकपमा अतिरिक्त समयको अन्तिम समयमा गोल गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २००६ मा फ्रान्सिस्को टोटीले अस्ट्रेलियाविरुद्ध गरेका थिए ।

यो खेल जितेको भए समूह ‘एफ’बाट स्वीडेन एक खेल खेल्नु अघि नै नकआउट चरणमा पुग्ने थियो । जर्मनीले यो खेल जितेपनि अघिल्लो चरणमा जानका लागि स्वीडेन र मेक्सिकोबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ ।

समूह एफमा मेक्सीकोको ६ अंक छ । स्वीडेन र जर्मनीको समान ३-३ अंक छ । अब स्वीडेन र मेक्सिको तथा जर्मनी र दक्षिण कोरियाले खेल्ने छन् । यो खेलपछि जर्मनी, मेक्सिको र स्वीडेन मध्य कुन बाहिरिने भने टुंगो लाग्ने छ ।

यो समूहबाट दक्षिण कोरियाको भने अघिल्लो चरणको यात्रा कठिन छ । गएरातिको खेलमा दक्षिण कोरिया मेक्सिकोसँग २-१ ले पराजित भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु