adv
adv

अभिनेत्री स्वस्तीमा खड्का टेम्पो सिक्दै

अभिनेत्री स्वस्तीमा खड्का फिल्म ‘बुलबुल’मा टेम्पो चालकको रुपमा देखिने भएकी छिन् । यसको निर्माण पक्षले एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको आधिकारिक घोषणा गरेको हो । विनोद पौडेलको कथा, पटकथा तथा निर्देशन रहने यस फिल्ममा स्वस्तीमा प्रमुख भूमिकामा रहने छिन् ।

स्वस्तीमाले सिनेमामा आफू रनकलाको भूमिकामा प्रस्तुत हुने जानकारी दिईन् । साथै, उनले आफ्नो लागि यो भूमिका निकै नै चुनौतीपूर्ण रहेको पनि बताइन् । सिनेमाको लागि नै स्वस्तीमाले केही दिन देखी टेम्पो सिकिरहेकी छिन् । फिल्ममा आफ्नो भूमिकालाई लिएर स्वस्तीमा निकै उत्साहित समेत छिन् ।

यस फिल्ममा स्वस्तीमाका अलावा मुकुन भुषाल, जोयश पाण्डे, लक्ष्मी वर्देवा, दिपक क्षेत्री, उज्ज्वल अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ भने बाल–कलाकारको भूमिकामा आशिका अधिकारीलाई देख्न सकिनेछ ।

फिल्म ‘बुलबुल’मा कोशिश क्षेत्री र उद्गम परियारको संगीत, सुशान प्रजापतिको छायांकन रहनेछ भने अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेको लगानी रहेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु