adv

८० वर्षपछि जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८को समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि चार पटकको विश्वविजेता जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । जर्मनी आफू सहभागी भएको विश्वकपको समूह चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । जर्मनी सन् १९३८ पछि पहिलाे पटक समूह चरणबाटै बाहिरिएकाे हाे । खेलको इन्ज्यूरी समयको दोस्रो मिनेटमा किम योंग गोनले गोल गरेका थिए । त्यस्तै जर्मन किपर म्यान्युल निउर अगाडि बढेको मौका पारी त्यसको दुई मिनेटपछि नै कोरियाले अर्को गोल थपेको थियो । सन ह्यूङ मिनले खाली पोष्टमा गोल गरेका थिए ।

समूह एफ अन्तर्गतकै अर्को खेलमा स्वीडेनले मेक्सिकोलाई ३–० ले हराउँदै समूहविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह उपविजेता बन्दै मेक्सिको पनि अर्को चरणमा पुगेको छ ।

समूह चरणबाटै बाहिरिए पनि दक्षिण कोरियाले जर्मनीविरुद्ध ऐतिहासिक जित हात पारेको छ । जर्मनीले दक्षिण कोरियालाई विश्वकपमा पाँच पटक पराजित गरेको थियाे । सबैमा उसले जित हासिल गरेको थियाे र जम्मा १९ गोल गरेको थियाे । तर काेरियाले भने विश्वकपमा जर्मनीलाई पहिलाे पटक हराएकाे हाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु