अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूर तथा इशान खट्टर अभिनित फिल्म ‘धडक’ को ‘झिंगाट’ गीत सार्वजनिक भएको छ । यसअघि ‘धडक’को ट्रेलर र पहिलो गीत सार्वजनिक भएको थियो ।
प्रोमो र पहिलो गितबाट फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ । अहिले फेरि दोस्रो गीत ‘झिंगाट’ मा जान्हवी र इशान शानदार अन्दाजमा डान्स गरेका छन । गीतमा जान्ह्वी र इशानको लुक, अभिनय तथा हाउभाउ निकै प्रभावशाली रुपमा देखाइएको छ
फिल्म ‘धडक’ मराठी भाषाको फिल्म ‘सैराट’ को हिन्दी रिमेक हो । ‘झिंगाट’ गीत पनि ‘सैराट’ फिल्मबाट लिइएको हो । मराठी ‘गीत’ झिंगाटलाई ‘धडक’का लागि रिमेक गरिएको छ । यसअघि ‘सैराट’ का लागि आवाज दिएका गायक अजय–अतुलले नै यस गितलाई हिन्दीमा गाएका छन ।
भिडियो हेर्नुहोस्: