adv
adv

चलचित्र ‘चि मुसी ची’ को ट्रेलर सार्वजनिक { भिडियो }

‘चि मुसी ची’ चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । यसअगाडि २ गीत सार्वजनिक गरेको निर्माणपक्षले साउन ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रमा नायिका एलिसा शर्माका लागि नायकद्धय सुनिल क्षेत्री र सुशान्त कार्कीको टकरावलाई देखाइएको छ । नायक कार्कीलाई भने सीआइवी अफिसको भूमिकामा देखाइएको छ । यो चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

निर्देशक श्रेष्ठले हल जानु अगाडि दर्शकलाई कौतुहलता होस् भनेर थ्रीलर शैलीमा ट्रेलर निर्माण गरेको बताए । एक अर्कामा हानथप हुने खेललाई सस्पेन्स शैलीमा निर्माण गरिएको ट्रेलर हेर्दा पनि वुझ्न सकिन्छ । अरुण कुमार गुरुङ, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यो चलचित्रमा शिवराज कार्की कार्यकारी निर्माताको रुपमा छन् ।

 

अनिल पाण्डे र प्रीन्स यूवराज यसका प्रस्तुतकर्ता हुन् । चलचित्रमा शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारको मुख्य भूमिका छ । बासु न्यौपानेले खिचेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

भिडियो:

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु