adv

स्वस्तिमाको गोप्य राख्न चाहेको फोटो ‘भाउजु’ भन्दै बोलाउनेले नै यसरी लिक गरिदिए

नायिका स्वस्तिमा खड्का चलचित्र ‘बुलबुल’मा ट्याम्पु चालकको रुपमा प्रस्तुत हुँदै छिन् । यो चलचित्रले आफूलाई नयाँ उचाइमा पुर्‍याउने स्वस्तिमाको दाबी छ ।

स्वस्तिमाले विगत २ महिनादेखि ट्याम्पु पनि सिकिरहेकी छिन् । तर, उनले गोप्य राख्न चाहेको यो कुरा चलचित्रको घोषणा हुनु भन्दा केही दिन अगाडि नै बाहिरियो ।

स्वस्तिमाले भनिन्-‘२ जना यूवाहरु मैले ट्याम्पु सिकिरहेको समयमा आएका थिए । उनीहरुले ‘भाउजु’ भन्दै फोटो खिच्न थाले । मैले, हामीले घोषणा गर्नु अगाडि फोटो र भिडियो लिक नगरिदिन आग्रह गरेकी थिएँ । तर, लिक भैहालेछ ।’

स्वस्तिमालाई निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि ‘राष्ट्रिय भाउजु’ भन्न थालिएको हो । स्वस्तिमाले दर्शकहरुले यसो भन्दा आफूलाई दुःख नलाग्ने पनि बताउँदै आएकी छिन् ।

ट्याम्पु सिकिरिहेकी स्वस्तिमा फरक अनुभव भएको बताउँछिन् । ‘बुलबुल’को भूमिका आफ्ना लागि चुनौतीपूर्ण रहेको स्वस्तिमाको भनाई छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु