adv

मिस्टर एण्ड मिस टीन दमक सेसन-२ प्रतियोगिता सम्पन्न, अनिश कटुवल र कृतिका दाहाल बिजेता

मिस्टर एण्ड मिस टीन दमक सेसन-२ प्रतियोगिता दमकको पाथिभरा चित्र मन्दिर हलमा बिहीवार सम्पन्न भएको छ ।


शंकर आर्ट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा जम्मा २७ जना प्रतियोगिहरुले भाग लिएका थिए। प्रतियोगिता बाट उत्कृष्ट मिस्टर एण्ड मिस टीन बिजेता साथै उत्कृष्ट फस्ट रनरअप र सेकेन्ड रनरअप छनोट गरिएको छ ।

प्रतियोगिता बाट मिस्टर टीन बिजेतामा अनिश कटुवल र मिस टीन बिजेतामा कृतिका दाहाल छनोट भएका छन् । त्यस्तै, मिस्टर टीन फस्ट रनरअपमा युसुफ लिम्बु र सेकेन्ड रनरअपमा किरण बुढाथोकी तथा यता मिसटीन फस्ट रनरअप पुनम अधिकारी र सेकेन्ड र रनरअप कार्लोश् रिजाल बन्न सफल भएका छन् ।


प्रतियोगिताका मिस्टर एण्ड मिस टीन बिजेताले बिभिन्न आकर्षक पुरस्कार प्राप्त गरेका थिए भने फस्ट रनरअप र सेकेन्ड रनरअपलाई पनि बिभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

अहिलेका टिनेजरहरुलाई एउटा राम्रो अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिस टीन दमक सेसन-२ प्रतियोगिताको कोरियोग्राफी पिन्की दास र मेरिना बि.कले गरेका थिए ।
फोटोफिचर हेर्नुहोस्:

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु